ताजा अपडेट »

जापानमा महिला कामदारलाई चस्मा प्रतिबन्धको विरोध

शुक्रबार, २९ कार्तिक २०७६

कार्तिक २९,

ग्लोबल आवाज

काठमाडौँ । जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका विवरणहरू प्रकाशित भएपछि नयाँ बहस सुरु भएको छ। स्थानीय समाचार माध्यममा केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन "प्रतिबन्ध" लगाएको बताएका छन्। खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई "चिसो भाव" प्रकट हुने बताएका थिए। जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ।

निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए। त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग गरेको प्रष्ट देख्न नसकिने कारण रहेको देखाइएको थियो। तथाकथित "प्रतिबन्ध" कम्पनीको नीतिमा आधारित थिए वा थिएनन् भन्ने स्पष्ट छैन। तर यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ। युमी इशिकावाले जून महिनामा जापानी सरकारमा आवेदन हालेकी थिइन् । चश्मामा प्रतिबन्ध अर्थात glassesareforbidden भन्ने ह्याशट्याग सामाजिक सञ्जालमा चलेका छन्।

क्योयो विश्वविद्यालयको प्राध्यापक कुमिको नेमोटोले जापानमा पुराना भइसकेका नीतिहरूमाथि प्रतिक्रिया व्यक्त भइरहेको बताइन्। हालै जापानमा कार्यस्थलमा अग्ला जु्ता लगाउनेबारे पनि त्यस्तै बहस भएको थियो। लेखक तथा नायिका युमी इशिकावाले पोशाक तोक्न जापानले बन्द गर्नुपर्ने भन्दै जापान सरकारमा निवेदन दर्ता गरेकी थिइन्। त्यो अभियानले निकै समर्थन पाएको थियो र सामाजिक सञ्जालमा पनि यसबारे व्यापक छलफल भएको थियो। एकजना जापानी मन्त्रीले कम्पनीहरूले पोशाक निर्धारण गर्नु ठीक भनेपछि समर्थकहरू आक्रोशित बनेका थिए।- बिबिसी