ताजा अपडेट »

नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कहीँ भेटिँदैन: मोदी

शनिबार, १९ चैत्र २०७८

काठमाडौँ । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले  नेपालको शान्ति र प्रगतिको यात्रामा भारत दृढ साथी रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार हैदराबादमा भेटवार्तापछि राखिएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध कतै नभएको र अनादिकालदेखि एक अर्काका सारथी रहेका बताएका हुन् । 

‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ । भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्न पाइँदैन ।’ उनले भने, ‘प्रधानमन्त्रीको रुपमा देउवाको यो पाँचौ भारत भ्रमण हो। नेपाल र भारतको सम्बन्ध मिसाइल जस्तो छ। अरुसँग तुलना गर्न मिल्दैन।’

उनले जयनगर रेल सञ्चालन भएकाले दुई देशका जनतालाई रेल सेवाले ठूलो योगदान गर्नेसमेत दाबी गरे।