ताजा अपडेट »

मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

शनिबार, १९ चैत्र २०७८

काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगको अन्तिम खेलमा मलेसियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । 

टियु मैदानमा मलेसियाका कप्तान अहमद फैजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ ।