बिन्दु भट्टराई /ग्लोबल आवाज
तिलोत्तमा । यो समय मौसमको हिसाबले विरुवा लगाउने समय हो । यतिबेला तिलोत्तमाको लुम्विनी नर्सरी एण्ड गार्डेनमा दिनहुँ बिरुवा लगाउनेको भिडले महिला ब्यवसायी सबिना पाण्डेलाई खाना खानेसम्म फुर्सद छैन । प्रायले सकेसम्म हिलो,धुलो माटोबाट जोगिन धेरैनै प्रयास गरेका हुन्छन् । तर, उनी त्यहि हिलो–धुलो माटोमा सर्वस्व पाउँछिन् । “दिनहुँ सय बढी ग्राहकलाई बिरुवा दिन्छु भ्याई–नभ्याई छ, बिरुवा त सिजन–अफसिजन जुन समयमा पनि बिक्रि हुन्छ । तर, सिजनमा पु–याउनै सक्दिन”– पाण्डे भन्छिन् ।
दुई दशकभन्दा अघिदेखि यस व्यवसायमा लागेकी सबिना हाल राम्रो आम्दानीका साथै श्रीमान र सन्तान सहित परिवारमा रमाएकी पाण्डले एक सिजनमा करिब पाँचदेखि ६ लाखसम्मको बिरुवा बिक्रि गर्छिन् । फुर्सदको समयमा उनलाई श्रीमान् र छोराछोरीले पनि सघाउँछन् । “बिहे गरेर आउँदा एक रुपौं पनि आम्दानीको स्रोत थिएन श्रीमानलाई बिदेश पठाउन मन पनि लागेन दुःख–सुख गरेर खाउँ भनेर यो व्यवसाय शुरु गरेका हौं”– उनी भन्छिन् । उनको नर्सरीमा विभिन्न तरकारी, फलफूल र फूलका विरुवामा बिशेष गरी ग्राहकको ध्यान जाने गरेको छ । दुःखले कठोर बनाउँछ, कठोर संघर्षले सफलता दिलाउँछ भने जस्तै सुरुका दिन निकै नै कठिन र चुनौतीपूर्ण रहेको पाण्डेले बताइन् । उनले भनिन् “हाम्रो ब्यवसायलाई परिवारले विश्वास नगरेका कारण बीचमा केहि समय ब्यवसाय नै उथल–पुथल भएको थियो ,पछि हामीले राम्रो काम गरेका छौै,कसैका कुरा सुन्न हुन्न भन्ने लाग्यो र फेरि यहि ब्यवसायमा फर्किएर आयौैं ।’’
उनका एक छोरा र एक छोरी दुई सन्तान छन् । छोराछोरी विद्यालय जान्छन्, विद्यालय बाहिरको समयमा उनीहरु नर्सरीमै काममा सघाउँछन् । छोराछोरी पनि कृषिमा आकर्षित भएको देख्दा थप उत्साह थपिने उनी बताउँछिन् । एक कट्ठा जग्गाबाट शुरु गरेको नर्सरी ब्यवसाय अहिले ७ कट्ठामा फैलिएको छ । पहिले नर्सरीमा एक दुई ओटा बिरुवा,फुलका हांगा भन्दैै त्यसै माग्ने चलन थियो । अहिले त्यो प्रवृत्ति बद्लिएको छ । एउटा बिरुवा पनि किनेर लगाउनुपर्छ भन्ने प्रवृत्तिको विकास भएको छ ”– पहिलेका कुरा सम्झिँदै उनले भनिन् । पूूजाका लागि मात्रै प्रयोग हुने फूूललाई अहिले हरेक कार्यमा अगाडि सारिनु अर्थात् फूूल घर, होटल,विभिन्न कार्यक्रममा सजि –सजावटका लागि प्रयोग हुने भएकोले पनि उनी आफूले थालेको ब्यवसाय प्रति थप गर्व गर्छिन् ।
प्रतिक्रिया