माघ २०,
बुटवल । नेपालकै पुरानो र चर्चित प्रतीयोगिताहरु मध्ये एकका रुपमा चिनिएको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१औ संस्करण हुँदैछ । फागुनको पहिलो सातादेखि आयोजना हुने प्रतियोगिताको तयारी भइरहेको आयोजकले जानकारी गराए ।
आयोजक रुपन्देही जिल्ला फुटबल संघले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै २१औं संस्करणको प्रतियोगिता फागुन २ गतेबाट ११ गतेसम्म हुने जानकारी गराएको हो ।
एन्फा टेक्निकल सेन्टर देबिनगरमा सञ्चालन हुने चर्चित र प्रतिष्ठित तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजनका चर्चित क्लबका साथै विदेशी क्लबको पनि सहभागिता रहने जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष एवम् एन्फाका केन्द्रिय सदस्यसमेत रहेका दिर्घबहादुर केसीले बताए ।
प्रतियोगिताको बिजेताले नगद ८ लाख ८० हजार रूपैया पौप्त गर्नेछन् । दोस्रो हुने टिमले ५ लाख ५० हजार रूपैया पाउनेछ । यस्तै बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाइ नगद २५ हजारसहित सम्मान तथा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल समेत प्रदान गरिने आयोजकले जनाएको छ । करिव १ करोड रूपैया अनुमानित खर्च लाग्ने प्रतीयोगितामा आयोजकले १ लाख दर्शकले खेलको अवलोकन गर्ने बताएको छ ।
प्रतिक्रिया