कार्तिक २८,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीमा जारी स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सुनौलो संगम युवा क्लब देविनगर फाइनलमा प्रवेश गरेको छ । भैरव देशभक्त बर्दघाटलाई 0-१ गोलले स्तब्ध पार्दै सुनौलो संगम प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि शनिबार सुनौलो संगमले फर्साटिकर युवा क्लबसँग फाइनल भिडन्त गर्ने छ ।
रामनगर खेलमैदानमा भएको खेलमा सुनौलोको जीतमा मोहन थापाको भूमिका मुख्य रहयो । उनले खेलको ४० औ मिनेटमा एकमात्र गोल गरेका थिए । अतिरिक्त समयमा भैरवका तर्फबाट गोलका प्रयासहरु भएपनि सुनौलो संगमका गोलकिपर युगल थापाले असफल बनाएका थिए । खेलमा सुनौलो संगमका मोहन थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । १२ टिमले सहभागिता जनाएको प्रतियोगिता कार्तिक ३० गते सकिनेछ ।
प्रतिक्रिया