ताजा अपडेट »

पाल्पामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ४८ वर्षीय पुरुष पक्राउ

शुक्रबार, १८ चैत्र २०७८

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-१ कचलमा बालिका बलात्कारको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

स्थानीय ४८ वर्षीय कोसल बहादुर हिस्कीलाई विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुधबार राती बालिका सुतिरहेको अवस्थामा आरोपित पुरुषले १२ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेका थिए ।