ताजा अपडेट »

सुनको मूल्य ९८ हजार नौ सय रुपैयाँ

विहीबार, १७ चैत्र २०७८

काठमाडौँ । सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको भाउ तोलाको  ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।  चाँदीको भाउ भने  १० रुपैयाँ घटेको छ  । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ  निर्धारण भएको छ ।