कार्तिक २८,
ग्लोबल आवाज
कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु मालपोत कार्यालयका दुई जना कर्मचारीलाई ६ हजार घुससहित पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । उनीहरुमाथि अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ ।सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको पाईएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया