ताजा अपडेट »

पशु प्राविधिक संघ अर्घाखाँचीकाे अध्यक्षमा आचार्य

बुधबार, १६ चैत्र २०७८

अर्घाखाँची । नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ अर्घाखाँचीको अध्यक्षमा प्रदीप आचार्य सर्वसम्मत चयन भएका छन्  ।

सन्धिखर्कमा सम्पन्न प्रथम भेलाले पशु प्राविधिक आचार्यकाे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

उनी लायन्स क्लब अफ अर्घाखाँचीकाे संस्थापक सदस्यसहित विभिन्न सामाजिक संस्थामा सक्रिय छन् ।