कार्तिक २८,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको लुम्बिनीमा आयोजनामा हुन लागेको लुम्बिनी न्यूज फेस्टिवल–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा हुने न्यूज फेस्टिवलबारे जानकारी गराउन बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रमका संयोजक दीपेन्द्र बडुवालले ९० प्रतिशत तयारी पुरा भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का उपाध्यक्ष भरत केसीले फेस्टिवललाई मर्यादीत र संयमित बनाउन आग्रह गरे । रुपन्देहीलाई मूलधारको राजधानीको रुपमा विकास गर्न महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए । यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीलाई राजधानीको रुपमा विकास गर्न मिडिया हाउस तथा सञ्चारकर्मीहरुले लेखन तथा प्रशारणहरुमा स्तरीयता ल्याउनुपर्ने आवश्यकता औल्याए ।
संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने मुल नाराका साथ आगामी मंसिर १ देखि ३ गते सम्म लुम्बिनीमा हुने न्युज फेस्टिवलमा नेपालका राष्ट्रिय पत्रिकाका सम्पादक, टेलिभिजन तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तर्रा्ष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागितामा बुद्ध जन्मस्थल लुम्बिनीमा हुने तीन दिवसीय न्युज फेस्टिवल भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको अध्यक्ष पछाईले जानकारी दिए । नेपाल भ्रमण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ लाई समेत जोड्ने उनले बताए ।
कार्यक्रममा उपाध्यक्ष निरु गौतम लगायत, पत्रकारहरु यमलाल भुसाल, प्रदिप आचार्य, आर पी आचार्य, भगवती पाण्डे, रेखा भुसाल लगाएतले सुझाबहरु प्रस्तुत गरेका थिए । यसअघि कपिलवस्तु तथा नवलपरासीका पत्रकार महासंघ शाखा तथा पत्रकारहरुसंग सम्बन्धित संघ–संगठनहरुसंग बैठक बसी न्यूज फेस्टिबलमा पत्रकारहरुको भुमिकाबारे छलफल गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया