ताजा अपडेट »

अर्घाखाँचीको एक सिरक डसना उद्योगमा आगलागी

मंगलबार, १५ चैत्र २०७८

बुटवल । अर्घाखाँचीको एक सिरक डसना उद्योगमा आगलागी भएको छ । मंगलबार बिहान ११ बजे समयमा सन्धिर्खक नगरपालिका–१ मिडियाचोकमा रहेको सिरक डसना उद्योगमा आगलागी भएको हो ।

अहिले आगोे नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सिरक डसना बनाउने मेसिनमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगमा भएको मेशिन, सिरक डसना जलेको अर्घाखाँची प्रहरीले जनाएको छ । क्षतिको पुरा विवरण आउन बाँकी रहेको छ ।