ताजा अपडेट »

रुपन्देही आएर ओलीले भने- उहाँहरु ‘फाइल’ खोज्न दिल्ली जाँदै हुनुहुन्छ

मंगलबार, १५ चैत्र २०७८

बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोगमा बन्चरो चलाएको आरोप लगाएका छन् । सुकुम्बासीहरुको समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको आयोगलाई नै खारेज गरेकोप्रति उनले टिप्पणी गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको बहुउद्देश्यीय भ्यू टावरको उद्घाटन समारोहमा बोल्दै उनले गठबन्धन सरकारले आयोग खारेज गरेर विभिन्न बहाना खोजिरहेको बताएका छन् । गठबन्धन सरकारले यसअघिको आयोग खारेज गरेर जनतालाई अघिल्लो सरकारले फाइल लुकाएको बहाना गर्दै हिडेको आरोप लगाए । ‘उहाँहरुले केही बहाना नपाएर अघिल्लो सरकारले फाइल लुकाएको भन्दै हिँड्नु भएको छ ।’–उनले भने ‘अब शुक्रबार दिल्ली जाँदै हुनुहुन्छ फाइल जोज्न ।’