ताजा अपडेट »

कपिलवस्तु जिल्ला एमालेको किल्ला : अध्यक्ष ओली

मंगलबार, १५ चैत्र २०७८

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपिलबस्तु जिल्ला एमालेको किल्ला भएको बताएका छन् । अध्यक्ष ओलीले सोमबार कपिलवस्तुमा सांसद बृजेश कुमार गुप्तालाई पार्टी प्रवेश गराउँदै कपिलबस्तु एमालेको किल्ला भएको बताएका हुन् ।

उनले भने ‘कपिलवस्तु लगाएत नेपाल भरी एमाले प्रवेशको लहर चलेको कुरा सबैलाई थाहा छ । एमालेको सरकार आएपछि मात्र हुलाकी राजमार्ग बनेको छ । ४ रुपैंया युनिट नेपालले भारतलाई बेच्ने अनि भारतबाट ३८ रुपैंया प्रति युनिट किन्ने यस्ता नालायकहरु अहिले सरकारमा रहेका छन्। अब कपिलवस्तुको विकास तिव्र गतिले हुने छ किन कि एमालेको किल्ला बनिसक्यो ।’

उनले कांग्रेसप्रति इंगित गर्दै भने ‘बैसाखी टेकेर एमालेसंग लड्छु त्यो गलत हो। नेपालमा भएको सबै दलहरु मिलेर आए पनि नेकपा एमालेसंग लड्न सक्दैनन्। नेकपा एमाले को विजय हुन्छ यस कारण हुन्छ कि नेपालको विकास गर्नको लागि सामाजिक सद्भभावको लागि चाहिएको छ र देश र जनताको उन्नति र प्रगतिको लागि चाहिएको छ ।’

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भने ‘जनताको जीवनमा परिवर्तन ल्याउनको लागि काम गरिरहेका छौं । तराई मधेसमा पनि एमालेको सरकार रहेको बेला धेरै विकास गरेको छ । यस कारण अब मधेशमा पनि नेकपा एमालेले जित्छ ।’

वृहत पार्टी प्रवेश कार्यक्रममा संसद बृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव, कृष्णनगरका युवा नेता कुनाल प्रताप शाह र महाराजगन्जका युवा नेता नेकपा एमाले पार्टीका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टी मा स्वागत गरेका छन् ।

गुप्तासँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं। १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं। १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं। ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं। ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गरेका थिए ।

सांसद गुप्ता ७ हजार कार्यकर्तासहित प्रवेश गरेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताए। यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्तासहित एमाले प्रवेश गरे अनि महाराजगन्ज नगरपालिकाका युवा नेता राम दास चौधरीले पनि आफ्नाा कार्यकर्ताको साथमा पार्टी प्रवेश गरेका छन् ।-धनिराम कोरी