माघ २०,
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति (गएराती) १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँले वृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ ।
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको जनाएको छ । अहिले निगमलाई १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । बढाईएको मूल्यपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुनेछ ।
प्रतिक्रिया