ताजा अपडेट »

महिला र बालिकाको विभत्स हत्या गर्ने पक्राउ

विहीबार, २८ कार्तिक २०७६


कार्तिक २८,
ग्लोबल आवाज

गुल्मी । केहि दिन अघि गुल्मीमा भएको विभत्स हत्याको शंकामा दुई जना पक्राउ परेका छन् । गुल्मीको चन्द्रकोटमा भएको एक महिला र दुई बालिकाको हत्याको घटनामा संलग्न भएको आशंकामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई आज बिहान तनहुँ र कास्कीको सिमानाबाट पक्राउ गरिएको गुल्मी प्रहरीले जनाएको छ । पक्राउ परेकालाई तम्घास ल्याउने तयारी रहेको बताइएको छ ।

गत १६ गते चन्द्रकोट गाउपालिका वडा नं ३ हर्राचौर स्थित जंगलमा एक महिला र २ बालिकाको विक्षप्त अवस्था सव भेटिएको थियो । धेरै समयसम्म सनाखत हुन नसकेको मृतकहरु अर्घाखाँची मरेङ्गका भएको खुलेपनि पुष्टि नभएको प्रहरीले जनाएको छ ।