कार्तिक २७,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीमा जारी स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब फर्साटिकर फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आयोजक सयपत्री युवा क्लबलाई ३–१ गोलले स्तब्ध पार्दै फर्साटिकर उपाधि दावेदारी पेश गरेको हो । बुटवल स्थित रामनगर खेलमैदानमा भएको खेलको छैठांै मिनेटमा फर्साटिकरका क्याप्टेन मुकेश कुँवरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
अमित लामाले खेलको ३४ औ मिनेटमा गोल थपे । खेलको ६६ औ मिनेटमा फर्साटिकरका टिकराज गुरुङ गोल गर्दै जित सुनिश्चित गरेका थिए । खेलको ५५ औ मिनेटमा सरोज योन्जनले पेनाल्टीमार्फत सयपत्रीका लागि सान्त्वना गोल गरेका थिए । खेलमा फर्साटिकरका विश्व थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । बिहीबार दोस्रो सेमीफाइनल खेलमा सुनौलो संगम युवा क्लबले भैरव देशभक्त नवलपरासीसँग सामना गर्ने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।
प्रतिक्रिया