बुटवल । ज्ञानीको प्रतिष्ठान अन्तरगतको ज्ञानी पाईप ईन्डष्ट्रिजद्वारा उत्पादित पिभिसि र सिपिभिसि पाईप शनिबार लन्च गरिएको छ। एक समारोहका बीच नेपाली चलचित्रका वरिष्ठ कलाकार सुनिल थापाले पिभिसि/सिपिभिसि पाईप अनावरण गरि लन्च गरे ।
अन्तर्राष्ट्रिय जर्मन प्रविधिको काभ्रा एक्टुजन भित्राएर कोभिड संक्रमणका कारण २ वर्ष ढिला गरि लन्च गरिएको प्रतिष्ठानका रन्जन कसजुले बताए । विश्व बजारमा ख्याती प्राप्त प्रविधिमार्फत गुणस्तरीय पाईप उत्पादन गरेको उनले दाबी गर्दै उपभोक्ताको मन जित्ने बताए । बजारमा ज्ञानी निक्कै पुरानाे ब्राण्ड भएको दाबी गर्दै उनले बजारमा भएका २० भन्दा बढि पिभिसि/सिपिभिसि पाईप उत्पादन गर्ने उद्योगहरु रहेको बताए।
यसको कच्चा पदार्थ कोरिया, जापान, थाईलैण्डबाट आउने गर्दछ। ज्ञानी उद्योगले प्रत्यक्ष/अप्रत्यक्ष ५० जना तथा प्रतिष्ठानमा रहेको अन्य उद्योगमा समेत गरि साढे ३ सयलाई रोजगार दिएको छ। कार्यक्रममा इन्डष्ट्रिजका डाईरेक्टरहरु उपेन्द्रमान श्रेष्ठ, सुजिन श्रेष्ठ, प्रदिप कसजु, निर्मित कसजुले नेपालमा उद्योग स्थापना गर्दा हुने नीतिगत जटिलता र यसका चुनौतिका बारेमा प्रकाश पारेका थिए। डिडिआरका संचालक दिनेशमणी श्रेष्ठले नयाँ प्रविधिको ईपिसि क्रंक्रिट ब्लकको बारेमा जानकारी दिएका थिए।
मिस युनिर्भस २०१७ नगमा श्रेष्ठको संचालनमा भएको कार्यक्रममा ज्ञानीको ब्राण्ड बजारमा विक्रिवितरण गरि योगदान दिने विक्रेताहरुलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया