परासी । नवलपरासीको रामग्राम नगरपालिकालाई शनिबार लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसिले बालमैत्रि नगरपालिका घोषणा गरेका छन् । सरकारले तय गरेको बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति बमोजिमका ५१ सूचकमा ३८ वटा सूचक पुरागरेसंगै रामग्राम नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरीएको हो ।
योसंगै नवलपरासी जिल्लामा अब दुईवटा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएका छन् । यसअघि २०७५ सालमा सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्रि नगरको रुपमा घोषणा भैसकेको छ। रामग्राम नगरपालिकाले सरकारले निधाण गरेको ५१ सूचक मध्ये ३८ वटा सूचकमा सत प्रतिसत र ६ वटा सूचकमा ९५ प्रतिसत र १ वटा सूचकमा ९० प्रतिसत नतिजा प्राप्त गरेको नगरप्रमुख गुप्ताले कार्यक्रममा जानकारी गराए । रत्यसैगरी बाँकी ६ सूचकमा८० प्रतिसत नतिजा ल्याएको पनि नगरप्रमुख गुप्ताद्धारा वाचन गरीएको टिपोटमा उल्लेख गरीएको छ ।
रामग्राममा १८ वर्ष मुनिका २० हजार ८ सय २६ जना बालवालिका रहेका तथ्याक कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री केसिले प्रदेश सरकारलाई रातो किताब भन्दा बाहिर गएर आफुखुसि योजना बाँडेको भन्ने आरोप लगाउने गरेको भन्दै त्यसको बचाउ गरेका थिए । उनले लुम्बिनी प्रदेश सरकार वित्तिय अनुशासन कायम गर्न प्रतिवद्ध रहेको भन्दै कुनैपनि तरीकाले कहि कतैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जाहेर गरेका थिए ।
उनले अहिले प्रदेश सरकाले विपद व्यवस्थापनको प्रभावकारी तयारी र नदि नियन्त्रणको कामलाई बिषेश ध्यान केन्द्रित गरेको बताएका छन् । त्यसैगरी सोही कार्यक्रममा बोल्दै प्रदेशका पुर्व मन्त्री तथा एमाले लुम्बिनीका संसदिय दलका उपनेता वैजनाथ चौधरीले प्रदेश सरकारले विगतका महत्वपुर्ण अयोाजनामा कटौति गरेको र आफुखुसि योजना बाड्न थालेको भन्दै आलोचना गरेका थिए ।
कार्यक्रममा संविधान सभ सदस्यद्धय विक्रम खनाल, दुलारी हरीजन, प्रदेश सभासद बैजनाथ कलवार, पूर्ब राज्यमन्त्री घनश्याम यादब, जिल्ला समन्वय समिति प्रमुख शिब शंकर प्रसाद राय , प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्मा, शिक्षक संगठनका जिल्ला अध्यक्ष यार मोहम्मद खान, उद्योग वाणिज्य संघका महासचिव गिरिराज पाण्डे, नगर बाल संञ्जालका अध्यक्ष गोमा अग्रहरी लगाएतले बोलेका थिए ।
१८ ओटा वडा रहेको रामग्राम नगरपालिकाले बालमैत्रि नगर घोषणाका लागी आवश्यक ५१ ओटा सुचक पुरा गरी बालमैत्रि शासन घोषणा पश्यातको दिगोपनाका लागी पाँच वर्षे रणनितिक योजना बनाएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए । रामग्राम नगरपालिकाको साबिक १३ वडा र अलग—अलग भूगोल र पृष्ट भूमिका रहेका ५ वटा गाउँ बिकास समितिहरु मिलेर २०७३ सालमा १८ वडा सहित बनेको रामग्राम नगरपालिकालाई सात वर्षको प्रयास पछि शनिबार बालमैत्री स्थानीय शासन नगर घोषणा गरिएको हो ।
बालमैत्री नगर घोषणा कार्यक्रममा स्वागत मन्तब्य उपप्रमुख रम्भा कुँवरले राखेका थिए भने कार्यक्रमको संञ्चालन नगरपालिकाका संजय शर्माले गरेका थिए ।
प्रतिक्रिया