ताजा अपडेट »

पुष्प मेलाको तेस्रो दिन, लक्ष्यभन्दा बढीको कारोबार

शनिबार, १२ चैत्र २०७८

काठमाडौं ।  जावलाखेलको खेल मैदानमा जारी २३औं पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् । मेलामा ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए । उक्त दिन २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो ।

चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए । उक्त दिन २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् । र, आज ३५ लाख ८० हजार रुपैयाँको कारोबार भएको एसोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए ।

शनिबार भएकाले अरू दिनको तुलनामा अवलोकनकर्ताको चाप रहेको उनले बताए । एसोसिएसनले ४५ हजार जनाले अवलोकन गर्ने र ७५ लाख रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य थियो ।

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको महासचिव पोखरेलले बताए ।