ताजा अपडेट »

सुनवलमा मेयर कप फुटवल प्रतियोगिता सुरु, पुरस्कार १ लाख ३० हजार

शनिबार, १२ चैत्र २०७८

परासी ।पश्चिम नवलपरासीको सुनवलमा आज देखि पाँचौ मेयर कप फुटवल प्रतियोगिता सुरु हुदै छ । सुनवल ८ स्थीत सिरान टोल खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको प्रतियोगिताको व्यवस्थापन गरिरहेको मेयर कप फुटवल संञ्चालन उपभोक्ता समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

सुनवल नगरपालिकाले हरेक वर्ष आयोजना गर्दे आएको फुटवल प्रतियोगितामा प्रतियोगितामा उपाधि जित्ने टिमले एक लाख ३० हजार नगद पुरस्कार र मेडल हात पार्ने छ भने उपविजेता टिमले ७० हजार नगद प्राप्त गर्ने छ ।

त्यस्तै अन्तिम चार सम्म पुग्ने दुई टिमलाई २५/२५ हजार नगद प्रदान गरिने उपभोक्ता समितिका अध्यक्ष रेशम रानाले जानकारी दिए । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, धेरै गोल गर्ने, उत्कृष्ट कोच, उत्कृष्ट टिम व्यवस्थापक लगाएतलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगिता सम्मपन्न गर्न नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतियोगितामा यस वर्ष पनि १३ ओटा वडा बाट एक एक ओटा टोली सहभागि हुने छन् । वडा स्तर बाट खेलाडी छनौट गरी प्रतियोगितमा सहभागि गराउदा उत्कृष्ट खेलाडी छनौटमा पनि सहयोगि हुने भएकाले प्रतियोगितामा वडाका स्थाई बासिन्दालाई मात्र खेलाडीको रुपमा लिईने वडा नम्बर ८ का वडा अध्यक्ष निलकण्ठ गैरेले बताए ।

‌नागरिकताको प्रमाण पत्रको आधारमा खेलाडी प्रवेश दिईने छ । यदि नागरिकता अन्य जिल्लाको भएमा बसाईसराईको प्रमाण पत्र अनिवार्य गरिएको छ । पत्रकार सम्मेलनमा सुनवल नगरपालिकाको खेलकुद सदस्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष विर बहादुर गुरुङ्गले नगरपालिकाले खेलाडी उत्पादनमा साच्चै ध्यान दिने हो भने खेल क्यालेन्डर बनाउनुपर्नेमा जोड दिए। कुन महिनामा कुन खेल खेलाउने भन्ने बारे नगरपालिकाले क्यालेन्डर बनाएरमा विदेशमा रहेका सुनवल बासि युवामा पनि आउन सहज हुने गुरुङ्गले बताए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा, वडा नम्बर ८ र वडा नम्बर १३ बिच खेल हुने छ ।