ताजा अपडेट »

सिएचआइटिएफ रुपन्देहीद्वारा खेलाडीहरुलाई सम्मान

शनिबार, १२ चैत्र २०७८

बुटवल । रुपन्देही सिएचआइटिएफ तेक्वान्दोले एक कार्यक्रमका बीच शनिबार आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ । प्रथम लुम्बिनी प्रदेश स्तरीय सिएचआइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी भई विभिन्न विधामा उपाधि प्राप्त गर्न सफल खेलाडीलाई सम्मान गरेेेेको हो ।

नवलासी बर्दघाट-१२ हटौलियामा अवस्थित बुद्ध कभर्ड हलमा भएको च्याम्पियनसिपमा रुपन्देहीबाट सहभागी भएका खेलाडीहरुले विधिन्न तौल समूह तथा विधागत रुपमा ७ वटन गोल्ड मेडलसहित ९ वटा सिल्भर मेडल तथा १४ वटा ब्राउन्स मेडल हात पार्न सफल भएका थिए । प्रतियोगितामा रुपन्देहीबाट मात्रै करिब जना खेलाडीले सहभागिता जनाएकाे सिएचआइटिएफ रुपन्देहीका अध्यक्ष कर्ण पटेलले जानकारी दिए । उक्त संस्था अन्तरगत रुपन्देहीका विभिन्न विद्यालयहरुमा गरि १८० बढी विद्यार्थी रहेको उनले बताए ।

खेलाडीहरुलाई सम्मान गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले अनुशासित र मर्यादित भएर खेलमा सहभागी भएमा सफलता प्राप्त गर्न सकिने उल्लेख गरे । खेल क्षेत्रको बिकासका लागि संस्थाले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै उनले स्वास्थ्यका लागि तथा राष्ट्रका लागि खेलकूदको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । यस्तै खेलकुद विकास समिति रुपन्देहीका राजेन्द्र श्रेष्ठले रुपन्देहीमा खेल गतिविधि बढ्दै जानुले खेलाडीहरुमा थप हौसला बढेको बताए । सम्मान कार्यक्रम संस्थाका सचिव हिरा बहादुर सावतको सञ्चालनमा भएको थियो ।