ताजा अपडेट »

देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन एमाले अध्यक्ष ओलीको जोड

शनिबार, १२ चैत्र २०७८

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन्। देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए ।

पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौँको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे ।

‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उनले भने, ‘उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्‍यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्‍यो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विकास पनि आधुनिकीकरण भएको बताए। त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए। उनले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन नहुने बताए ।