ताजा अपडेट »

पपुवा न्युगिनीविरुद्ध दीपेन्द्रसिंह ऐरीको शतक

शनिबार, १२ चैत्र २०७८

काठमाडौँ । नेपालका युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेको छन् । पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा कीर्तिमानी साझेदारी गरेर दीपेन्द्रले आफ्नो करियरको पहिलो शतक प्रहार गरेका हुन् । 

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालका लागि तेस्रो नम्बरमा आएका दीपेन्द्रले १३६ बलमा छ चौकासहित शतक पुरा गरेका हुन् । उनी अविजित छन् । 

त्यसअघि दीपेन्द्र र युवा ब्याटर देव खनालको साझेदारीले नयाँ किर्तीमानी कायम गरेको थियो उनीहरुले १२९ रनको साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो । पाँचौं विकेटका लागि शुक्रबार पपुवा न्युगिनीविरुद्ध नै आरिफ शेख र रोहित कुमार पौडेलले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।