ताजा अपडेट »

पिएनजीविरुद्ध नेपालको खराब सुरुवात, रुपन्देहीका कुशल पहिलो बलमै आउट

शनिबार, १२ चैत्र २०७८

काठमाडौँ । पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध दोस्रो एक दिवसीय खेलमा नेपालले खराव सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपाललाई खेलको सुरुवातमै झट्का लागेको छ । 

नेपालका ओपनर रुपन्देहीका कुशल भुर्तेल गोल्डेन रोयल आउट भएका छन् । पहिलो ओभरको पहिलो बल लिएर आएका अलिन नावले उनलाई क्याच आउट गराएका हुन् । साथै अनिलकुमार शाहसमेत एक रनमा क्याच आउट भएका छन् । उनलाई पनि अलिले नै सिमोन अटाइबाट क्याच आउट गर्दै पेभेलियन फर्काएका हुन् । 

शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पिएनजीविरुद्ध ६ रनले पराजित भएको थियो । पिएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो । 

मध्यक्रमका ब्याटर रोहित पौडेलले १२६ रनसहित टोलीलाई जितनजिक पुर्याए पनि नेपालले सुखद नतिजा भने ल्याउन सकेन । हालै युएईमा सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले युएईसँग दुवै खेल गुमाएको थियो भने पिएनजीलाई दुवै खेलमा हराएको थियो ।

नेपाली टाेलीः-

कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र पवन सरार्फ ।