ताजा अपडेट »

उपनिर्वाचन: बागलुङमा वडाअध्यक्षका लागि ३ जना उम्मेदवारी

बुधबार, २७ कार्तिक २०७६

जनमोर्चाको समर्थन नेकपालाई

कार्तिक २७,
ग्लोबल आवाज

बागलुङ । मंसिर १४ मा हुने उपनिर्वाचनमा बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ मा हुने वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उपनिर्वाचनको लागी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फबाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उमेद्वारी परेको छ ।नेकपाका उमेद्वार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहेका छन् ।

त्यस्तै नेपाली काग्रेसका उम्मेदवार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहेका छन् ।

त्यस्तै समाजवादी पार्टीका उम्मेदवार हरिलाल रानाको प्रस्तावकमा शिव बहादुर थापा, समर्थकमा खगि राना रहेकोे निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिएका छन् । निर्वाचन कार्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा आज विहान ११ बजे देखि दिउसो १ बजे सम्म मनोनयन दर्ता गरिएको थियो । उपनिर्वाचनमा बडिगाड गाउँपालिका वडा नं. २ मा एक हजार सात सय ४२ मतदाता सहभागि हुने निर्वाचन कार्यालय बडिगाडले जनाएको छ । वडा अध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले निर्वाचन हुन लागेको हो । मनोनयनको समयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली काग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको सहभागिता रहेको थियो ।