ताजा अपडेट »

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : पीएनजीद्वारा नेपाललाई २९३ रनको लक्ष्य

शुक्रबार, ११ चैत्र २०७८

काठमाडौं। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रन बनाएको हो।

नेपालविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पीएनजीले पहिलो पटक सर्वाधिक रन बनाएको हो। ब्याटिङमा व्यापक सुधार गर्नुपर्ने दबाबमा रहेको नेपालका लागि यो फराकिलो चुनौती हो ।

त्रिवी मैदानमा पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे। चाल्र्स अमिनीले ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन बनाए । पीएनजीका लागि नोरमान भानुअले ४७, टोनी उराले ३८, रिले हेकुरे ३१ रन बनाए भने जासन किलले १३ रन जोडे।

शुक्रबारको खेलमा बलिङमा कमजोर देखिएको नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान दुईदुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र आरिफ शेखले भने एकएक विकेट लिए।