ताजा अपडेट »

४ लाख २ हजार युक्रेनी जनता रुसकाे शरणमा

शुक्रबार, ११ चैत्र २०७८

काठमाडौं । आफ्ना नागरिकलाई जवर्जस्ती रुसमा लगेको युक्रेनले आरोप लगाएको छ । द्वन्द्वग्रस्त इलाकाबाट करिब चारलाख दुई हजार युक्रेनी जनतालाई रुसमा लगेको आरोप लगाएको हो ।

युक्रेनका अनुसार युक्रेनमा लगिएका युक्रेनी जनतालाई राजधानी किभमाथि दबाब दिन प्रयोग गरिने सक्ने विषयमा आशंका गरिएको छ ।
लगिएका युक्रेनी जनतामा ८४ हजार बालबालिका रहेको बताइएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले सोही संख्यामा युक्रेनी शरणार्थी रुसमा प्रवेश गर्न चाहेकाले प्रवेशाज्ञा दिएको दाबी गरेको छ । युक्रेनको पूर्वी क्षेत्रका युक्रेनी विद्रोहीहरुले कब्जा गरेको क्षेत्रमा रुसीभाषा बोल्ने युक्रेनी जनताको बाहुल्यता रहेको छ ।ती विद्रोहीहरु मस्कोसँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहेका छन् ।