ताजा अपडेट »

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

शुक्रबार, ११ चैत्र २०७८

काठमाडौँ । सुनको भाउ साताकाे अन्तिम दिन शुक्रबार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसअघि, बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय निर्धारण भएको छ ।