कार्तिक २७,
ग्लोबल आवाज
काठमाडौँ । एसीसी इमर्जिङ एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ। बंगलादेशमा बिहिबारदेखि हुने प्रतियोगिताका लागि आठ राष्ट्र सहभागी छन्। प्रतियोगिताका लागि नेपाली टिम बंगलादेश पुगिसकेको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। पारस र सन्दीप टी–१० क्रिकेट खेल्न युएईमा रहेका छन्। यसका साथै टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन्। प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।- थाहाखबर
प्रतिक्रिया