यहि चैत्र १५,१६ र १७ गते नेपाल उत्पीडित जातीय मुक्ति समाजको छैटौं राष्ट्रिय सम्मेलन काठमाण्डौंमा हुँदैछ । उक्त सम्मेलनमा नेपालभरबाट लगभग १८ सयदेखि २ हजारसम्म प्रतिनिधि र स्वयम्सेवकको उपस्थिति रहने छ । जसबाट नेपाल उत्पीडित जातीय मुक्ति समाजले लगभग १२ वर्ष पछि नयाँ नेतृत्व प्राप्त गर्दै छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपाल राजनीतिक रुपमा नेकपा एमाले निकट एक भातृ संगठनका रुपमा राजनैतिक, समाजिक आन्दोलन गदै समाजिक न्याय र रुपान्तरका निम्ति सघर्ष गदै आइरहेको छ । जसले नेपाली दलित आन्दोलनलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्दै आएकोछ ।
पार्टीको वडा, पालिका साथै राष्ट्रिय विधान सम्मेलन र १० औ राष्ट्रिय महाधिवेशन सम्पन गरे पछि हुन लागेको यस संगठनको राष्ट्रिय सम्मेलनले कस्तो नेतृत्व सहितको केन्द्रिय कमिटि निर्माण गर्छ, दलित आन्दोलन र अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुको ध्यानकर्षण हुँदै छ । १२ वर्षमा कम्तिमा ३ पटक राष्ट्रिय सम्मेलन हुनुपर्ने हो । तर, यो बीचका विविध कारणले समयमा नै राष्ट्रिय सम्मेलन हुन नसकेका कारण धेरै सम्भावना बोकेका एक पुस्ता युवाहरु केन्द्रिय कमिटि भन्दा बाहिरै रहेको छन् । जुन दलित आन्दोलनका लागि निकै नोक्सानको कुरा हो । भलै बीच बीचमा यस संगठनको केन्द्रिय कमिटि सदस्यहरु थपघट नभएका भने होइनन । तर जुन चुस्तदुरुस्त रुपमा चल्नुपर्ने हो त्यो चाही हुन नसकेको तितो यथार्थ हो। हामी सबैले आत्म समिक्षा गर्दै अघि बढ्नुको विकल्प छैन ।
हरेक जिल्ला, क्षेत्र र पालिका हुँदै वडा स्तरसम्म आफ्नो सगठन रहेको यस सगठन नेकपा एमालेका लागि दलित समुदायबाट नेतृत्व उत्पादन गर्ने एक सशक्त साथै ठूलो मात्रमा मतदाता रहेको संगठन पनि हो। १२ वर्षमा हुन लागेको यस राष्ट्रिय सम्मेलनमा युवावर्गलाई कसरी र कस्तो भूमिका प्रदान गरिन्छ ? युवाहरुलाई कसरी प्रतिनिधित्व गराइन्छ ? त्यो प्रमुख प्रश्न हो । वडा, क्षेत्र, जिल्ला हुदै केन्द्रिय कमिटिमा खारिएर मूल पार्टीको विभिन्न तह र तप्कामा पुग्नु पर्ने चुनौति रहेकाले पनि युवा सहभागिताको आवश्यकता बढी रहेको छ ।
आजको युवा सहभागिताले भविष्यमा समाजिक न्याय, समता र उत्पिडित समुदायको हक अधिकारका निम्ति संघर्ष गर्ने कुशल नेतृत्वको पनि निर्माण गर्नुपर्ने हुन्छ । जसले दलित आन्दोलनको कहि न कहि भविष्य निधारण गर्छ । कुशल नेतृत्वमा खारिन पायो भने राजनीतिक पार्टी, राज्यका विभिन्न तहतप्कामा सहभागिता निम्ति बलियो रुपमा सघर्ष गर्न सक्ने नेतृत्वको लागि मार्ग खुल्ने सम्भावना देखिन्छ ।
नेपालको पुराना आन्दोलनहरु माध्ये दलित आन्दोलन पनि एक हो । धेरै दलित नेताहरुको बलिदान, सघर्ष, त्यागले स्थापित भएको दलित आन्दोलनको आफ्नै गौरवमय इतिहास रहेको छ । विभिन्न तरिकाले छरिएर रहेका सघर्षरत दलित आन्दोलनलाई राजनीतिक पार्टीहरुले आत्मासात गदै आफ्ना आन्दोलन संग जोड्ने हेतुले भातृ संगठनहरु निर्माण गरेको पाइन्छ । त्यसैको फलस्वरुप नेपाल उतपीडित जातीय मुक्ति समाज (मुक्ति समाज) पनि एक हो । पाटिमा केन्द्रिय पदाधिकारी, स्थायी कमिटि, सचिवालय र केन्द्रिय सदस्यमा युवाको निश्चित प्रतिशत छुट्टयाउन जरुरी छ ।
साथै युवा सहभागिताको विषयमा बहस गरिरहँदा यहाँ भएका युवाहरुले नेपाल उत्पीडित जातीय मुक्ति समाजले आफुलाई नेकपा एमालेको भातृ संगठन रुपमा मानिरहँदा, यसले नेकपा एमाले कै जनताको बहुदलीय जनबादलाई मान्छ कि वा आफ्नै सैद्धान्तिक नीति बोक्छ । यदि मान्छ भने जबजका माध्यमबाट कसरी समाजमा रहेको जातिय विभेद हटाउन सकिन्छ ? त्यस्तै समाजलाई जातीय वा वर्गिय, कुन दृष्टिकोणबाट व्याख्य विश्लेषण गर्छ ।
हाम्रो समाजको चरित्र कस्तो छ पूँजीवाद वा अर्धसामन्ती ? जातीय छुवाछुत अन्त्य, आर्थिक समानता, समृद्ध र समाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिताका निम्ति पाटि भित्र र राज्य सग कसरी प्रतिरक्षा गर्ने गरेको छ । नेपाली समाजलाई ६२/६३ अघि र पछि कसरी व्याख्य विश्लेषण कसरी गर्छ र सामाजिक विभेद विरुद्ध उत्पीडित समुदाय र समग्र पार्टीलाई कसरी मार्गदर्शन भन्ने विषयमा वहस र छलफल गर्नबाट पछि हट्न मिल्दैन ।
शताब्दीऔंदेखि जातीय आधारमा समाजमा विभेद भोग्दै आएका, समाजिक दलनमा पिसिएका, उत्पीडित समुदाय जो जातकै आधारमा राज्यबाट सधंै बहिष्करणमा पारिँदै आए, फलस्वरुप दलित, उत्पीडित समुदाय आफ्ना मौलिक हकबाट पनि बन्चित हुन बाध्य भए । त्यसका लागि युवाको रणनीति, कार्ययोजना के, कसरी जातिय विभेद्धलाई अन्त्य गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट हुन आवश्यकता देखिन्छ ।
आज ३४औ वर्ष पूरा भएको यस संगठनको यो बीचमा जम्मा ५ वटा राष्ट्रिय सम्मेलन सम्पन्न गरि छैटांै सम्मेलनको तयारीमा छ । यो बीच हामी के–कस्तो आन्दोलन गर्याै, उपलब्धी के कस्ता रहे,समाजिक विभेद्धको अन्त्य र राज्य संरचनामा के कस्तो सहभागिता रह्यो जस्ता विषयमा समिक्षा गर्न जरुरी छ ।
यसमा हामीले ध्यान दिनु पर्ने विषयहरु नेकपा एमाले पार्टीका वडादेखि केन्द्रसम्म दलित समुदायबाट प्रतिनिधि भएर कुन तह र जिम्मेवारीमा रहेका छन् । पार्टी नेताकार्यकर्ताले दलित समुदायका नेता कार्यकर्तालाई कसरी हेर्छन वा स्विकार गर्दछन् । जस्ता कुरामा युवा नेतृत्व सजक हुन जरुरी देखिन्छ । सब भन्दा महत्वपूर्ण विषय मानिसमा रहेको पुरातनवादी चेतना परिवर्तन गर्नु आवश्यता छ । जसका लागि दलित वा उत्पीडनमा परेका समुदायले मात्र आन्दोलन र सघर्ष गरेर पुग्दैन ।
शाताब्दीऔ देखि समाजमा जमेर बसेको जातिय विभेद्धलाई निमुल पार्न सबैको साथ, सहयोग आवश्यकता पर्छ । त्यसका लागि सास्कृतिक आन्दोनको सुरुवात गर्न सक्नु पर्छ । त्यसका लागि हामी तर्कसंगत रुपमा निरन्तर बहस गदै राज्य र अन्य सबैलाई यस मुद्दा प्रति जिम्मेवारी बनाउन आवश्यक देखिन्छ । जबसम्म हामी सबै आ–आफ्नो ठाउँ बाट लड्न सक्देनौ तब सम्म यो जातिय व्यवस्थाले समाजमा कालो धब्बा बनेर रहिरहने छ । त्यसका लागि युवा कतिको तयारी अवस्थामा रहेको छ भन्ने विषयले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।
तसर्थ शताब्दीऔदेखि सामन्ती राज्यव्यवस्था, धार्मिक अतिवाद, उच्च जातीय अहंकारद्वारा स्थागत गरिएको सामाजिक, राजनैतिक, सास्कृतिक र आर्थिक सरचनाहरु जसले कुसंस्कार, कुरीति, अन्धविश्वास र जातिय छुवाछुत प्रथा जस्ता विभेद विरुद्ध लडिरहर्दा आफ्नै पार्टी लगायत अन्य राजनैतिक दल, नागरिक समाज, पत्रकार, लेखक, प्रोफेसर, विद्यार्थी, समाजिक अभियान्तहरु सगँ के कस्तो सम्बन्ध र सहकार्य गदै समाजिक रुपान्तर गर्ने हो भने युवालाई यो राष्ट्रिय सम्मेलनबाट उचित भुमिका प्रदान गर्न जरुरी छ । भूमिका के कस्तो भनेर मुल्यङ्कन हुन जरुरी छ ।
तसर्थ यस राष्ट्रिय सम्मेलनले कुशल नेतृत्व सगै युवा समुहलाई पनि विभिन्न जिम्मेवारी पदान गर्ने छ । किनकी युवा भविष्यको कर्णधार मात्र नभएर वर्तमानको पनि सहयात्री हो । अग्रजको अनुभव र युवाको उर्जा मिश्रित शक्तिद्वारा समाजमा रहेको जातीय विभेद्को र बहिष्करणको अन्त्य गर्न सकिन्छ ।-(लेखक नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रिय सदस्य हुन्)
प्रतिक्रिया