कार्तिक २६,
ग्लोबल आवाज
काठमाडौँ । मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर उम्मेदवारले मनोनयन दर्ता गराउँदैछन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ ।
धरान उपमहानगरपालिकाको मेयरसहित मकालु गाउँपालिका, पिपरा गाउँपालिका प्रमुखसहित ४३ वडाअध्यक्षका लागि मनोनयन दर्ता हुने छ । यस्तै उपनिर्वाचनका लागि गत कात्तिक २१ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता भइसकेको छ । कास्की २ को प्रतिनिधिसभासहित भक्तपुर, दाङ र बाग्लुङवाट प्रदेशसभाका लागि उम्मेदवार चयन हुदैँछन् । उम्मेदवारी दर्ता गरेलगत्तै राजनीतिक दल प्रचारप्रसारमा व्यस्त बनेका छन् ।
प्रतिक्रिया