ताजा अपडेट »

शनिबारदेखि ९ औं संस्करणको फर्साटिकर कप, प्रथम पुरस्कार २ लाख ५५ हजार ५५५

विहीबार, १० चैत्र २०७८

बुटवल । रुपन्देहीको सुद्धोधनमा शनिबारदेखि फर्साटिकर कपको ९ औं  संस्करण हुने भएको छ । शुद्धोधन-४ मा अवस्थित फर्साटिकर खेलमैदानमा हुने पर्तियोगितामा जिल्ला तथा जिल्ला बाहिरका गरि १२ समूहको सहभागिता रहेको छ  ।  

टाईगर्स बुअरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउँपालिकाबाट समेत सहयोग प्राप्ता भएको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताए । चैत १२ देखि २६ गतेसम्म फर्साटिकर माविको खेलमैदानमा हुने प्रतियोगितामन उपाधि विजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि उपविजेता टिमलाई नगद १ लाख २५  हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदशर्न गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार ५ सय ५५ रुपैया, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत ५ हजार ५ सय ५५ रुपैया  नगद सहित कपबाट पुरस्कृत गरिने खेल संयोजक आशिष केसीले बताए ।

भैरव एफसी, झरना स्पोर्ट्स क्लब, मुर्गिया एफसी, लिस्नु युवा क्लब, कपिलबस्तु युवा क्लब, सुनौलो संगम युवा क्लब, केबिए ग्लोबल भरतपुर एफसी, न्यु युथ युनियन पाल्पा, फुलबारी गाईज, कालिका स्पोर्ट्स चितवन, फर्साटिकर रातो र निलो गरि १२ टिमले प्रचारप्रसार संयोजक टेकु भण्डारीले बताए। पहिलो खेल भैरव एफसी र फर्साटिकर निलोका बिचमा खेल हुनेछ। प्रतियोगिता सम्पन्न गर्न १६ लाख खर्च हुने अनुमान रहेको छ। आठौ संस्करणको विजेता फुलबारी गाईज रहेको थियो।