भैरहवा । लुम्बिनी बिकास कोषले २५६६ औं बुद्ध जयन्ती बिशेष समारोह गरि मनाउने तैयारी थालेको छ । कोभिड र यसको असरको कारण बिगत २ बर्ष अनौपचरिक रुपमा सिमित कार्यक्रम गरि बुद्ध जयन्ती मनाएको कोषले यस पटक भब्य कार्यक्रमको आयोजना गनर्ने जनाएको छ ।
ग्लोबव आवाजसंग कुरा गर्दै लुम्बिनी बिकास कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले २–३ बर्ष देखी लुम्बिनी आउन नपाएको नेपालीहरु जुटाउने गरि कार्यक्रम गरिने जनाए । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल बनाउन नागरिक उड्डययन एवम पर्यटन मन्त्रालयले धेरै मेहनत गरेको हुदा यस पटकको बुद्ध जयन्तीले बिमानस्थलको प्रचार प्रसार र प्रवद्र्धनमा पनि भूमिका खेल्ने उद्देश्य सहित मनाउने तयारी भई रहेको भिक्षु मेत्तेयले जनाए ।
“लुम्बिनी आउने सबै आगन्तुकहरुलाई भगवान गौतमबुद्ध संग जोड्न, ईतिहास संग जोड्न र लुम्बिनी ध्यानको पनि केन्द्र हो भनेर बुझाउनको लागी यस पटकको कार्यक्रम तालीकाको ढाँचा अलि फरक तरिकाले बनाउदै छौं ।” भिक्षु मेत्तेयले भने
बिहान शोभायात्रा एवम औपचरिक कार्यक्रमहरु पहिले जस्तै मनाउने र नया कार्यक्रमको रुपमा नया ५ हजार क्षमताको ध्यानकेन्द्र पनि निर्माण भई अन्तिम अवश्थामा रहेकोले बुद्ध जयन्ती अगावै बाँकी सम्पन्न गर्ने र बुद्ध जयन्तीको दिनमा लुम्बिनीमा बस्ने भिक्षु, भन्ते, गुरुमाहरुद्वारा महापरित्राण पाठ र सामुहिक ध्यान गरि त्यसलाई सुरु गर्ने कोषको तयारी छ ।यस्तै कपिलवस्तुलाई विश्व सम्पदामा सुचिकृत गर्न लागेकोले कपिलवस्तुको पुरातात्विक र ऐतिहासिक महत्वलाई अझै प्रष्ट्याउन सम्पदाको लागी अन्तराष्ट्रिय गोष्ठिको आयोजना हुने भएको छ ।
कार्यक्रममा भाग लिन बिदेशबाट अहिले सम्म कसैलाई आमन्त्रण नगरिएको भए पनि औपचरिक कार्यक्रमको लागी नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ठ पाहुनाहरु आउने तय भएको भिक्षु मेत्तेयले जानकारी दिए । यस संगै रामग्राम र देवदहमा कार्यक्रमहरु जोडिने उनले बताए ।कोभिड कम भए संगै लुम्बिनी विकास कोषले आम नेपाली नागरिकलाई बुद्ध जयन्तीमा भाग लिई यसलाइ भब्य रुपमा सफल बनाईदिन अपिल समेत गरेको छ । यस पटकको बुद्ध जयन्ती जेठ २ गते मनाईदैछ ।
लुम्बिनी विकास कोषले आगामी वर्षमा गर्ने कामहरुको कार्ययोजना समेत तय गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तु, लुम्बिनी, सैनामैना, देवदह, रामग्राम लगायतका कार्ययोजनाहरु अगाडी बढाईने बताए । “हामीले मूख्यतयाः २ वटा बुंदाहरु अगाडी सारेका छौं ।” भिक्षु मेत्तेयले ग्लोबल आवाजसंग भने “एउटा लुम्बिनी गुरुयोजनाको पूर्णताका लागी बाँकी कामहरुलाई निरन्तरता दिने र अर्को कपिलवस्तुको गुरुयोजनाको लागी दिर्घकालीन काम अगाडी बढाउने ।”
यस अन्तर्गत नयाँ गन्तब्य र नौलो कार्यक्रमको श्रृजना गर्नको लागी कपिलवस्तु जाने तिर्थयात्रीहरुलाई कपिलवस्तु लैजान, त्यहा भुलाउन र डुलाउनको लागी भगवान बुद्धका जिवनसंग सम्बन्धित कपिलवस्तुका महत्वपूर्ण ऐतिहासिक शाक्य बंशका पात्र चिन्ने गरि “शाक्यबंश मेमोरियल पार्क” बनाउने कार्यक्रम पनि अगाडी बढेको छ । पार्कमा भगवान गौतम बुद्धका पिता महाराज शुद्धोधन, हामा महामाया देवी, आफ्नै आमा सरह हुर्काउन प्रजापति गौतमी, श्रीमति यशोधरा देवी, छोरा राहुल र आनन्द भिक्षु जस्ता कपिलवस्तुका महत्वपूर्ण पात्रहरुलाई राखिनेछ ।
प्रतिक्रिया