बुटवल । बुटवल मिलनचोकमा सबै सेवा एकै ठाउँमा प्राप्त गर्न मिल्नेगरी बहुउद्देश्यीय बुटवल सिटी सेन्टर सञ्चालनमा आएको छ । बुटवल सिटी सेन्टर कम्पनीले ६५ करोडको लागतमा सिनेमाहल, स्तरीय होटल र बैंक सहित सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी व्यवसायिक भवन सञ्चालनमा ल्याएको हो ।
बुटवलको सबैभन्दा अग्लो १० तले सिटी सेन्टर भवनमा होटल पाम र क्यूबक्स सिनेमा र अन्य सबै सुविधा रहेका छन । होटल पाम इन्टरनेशनलका अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले व्यवसायिक भवनमा केही अन्य सुविधा पनि थप गरी एक अर्ब लगानी पुर्याउने योजना रहेको बताए । सिटि सेन्टरमा स्वीमिङ पूल, स्पा, बैंक, क्यासिनो लगायतका समग्र सुविधा एकै ठाउँ प्राप्त गर्न मिल्नेगरी निर्माण भइरहेको उनले बताए । भवनमा फायर फाइटिङ, स्मोक डिटेक्टर, स्प्रिङ्कल तथा ईमर्जेन्सि एक्जिटको व्यवस्था रहेको छ ।
बुटवलमा १० तले यो पहिलो भवन हो । बुटवलकै मुख्य केन्द्र मिलनचोकमा रहेको बुटवल सिटि सेन्टरकाे होटेल पाल्म ईन्टरनेशनलमा स्विट, मिनि स्विट सहित जम्मा ४२ वटा लक्जरी रूम रहेको बुटवल सिटि सेन्टर तथा होटेलका अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले बताए । त्यसैगरि उक्त भवनमा करिब २-२ सय क्षमता भएका अत्याधुनिक सिनेमा हल रहेको अध्यक्ष श्रेष्ठले जनाए । साथै भवनमा शपिङ सेन्टर, कर्पोरेट कार्यालयहरु र रूफ टपमा पिक लाउन्ज बार एन्ड रेस्टुरेन्ट , ३ सय क्षमताको सेमिनार हल समेत रहेको उनले बताए ।
क्यू बक्स सिनेमा प्रालिका अध्यक्ष धनबहादुर खत्रीले बिहीबारदेखि सिनेमा हल पूर्ण रुपमा सञ्चालनमा आउने बताए । एउटै तलामा २ वटा स्क्रिन रहेको थिएटरमा दैनिक चार सो सञ्चालन हुने छन् । उक्त थिएटरमा मनिङ सो मा ५० प्रतिशत छुटको व्यवस्था छ । अनलाइन माध्यमबाट समेत टिकटिङको व्यवस्था गरिएको उनले बताए । अत्याधुनिक प्रविधियुक्त बार्गो ट्वान्टी सी टुके प्रोजेक्टरसहित रहेका प्रत्येक थिएटरमा १९६ जनाले एकसाथ फिल्म हेर्न सक्ने छन् । यसैगरी थ्री डी डिभाइस समेत जडान गरेर हेर्न सकिने छ । युरोपमा प्रयोगमा आएको उत्कृस्ट पल्ज साउण्ड सिस्टम जडिट उक्त थिएटरमा लक्जरी सिटको अनन्द लिन सकिने कम्पनीको दाबी छ ।
व्यापारिक केन्द्र तथा प्रदेशको मुकाम बुटवलमा पछिल्लो समय व्यवसायिक मलहरु सञ्चालनमा आउने क्रम बढ्दै गएको छ । यहाँ भाटभटेनी सुपर मार्केट, अन्नपूर्ण हाइपर मार्केट, सिंह कम्पलेक्स तथा व्यवसायिक प्रतिष्ठानहरु सञ्चालनमा आइसकेका छन् । मोफसलमा पनि पछिल्ला वर्षहरु व्यवसायिक मलहरुमा गएर किनमेल गर्ने संस्कारको विकास हुँदै गएको छ ।
प्रतिक्रिया