ताजा अपडेट »

राजनीतिक स्वार्थले शिवादह मावि डेढ वर्षदेखि व्यवस्थापन समिति विहीन, ४८० विद्यार्थीको भविष्यमाथि खेलवाड!

बुधबार, ०९ चैत्र २०७८

बुटवल । राजनीतिक स्वार्थका कारण शिवादह माध्यमिक विद्यालय डेढ वर्षदेखि विद्यायल व्यवस्थापन समिती विहीन बन्नेको छ । सहमतिबाट विद्यालय व्यवस्थापन समितीको छनौट हुन नसकेपछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका– ६ मा रहेको सो विद्यालयमा चुनावी प्रक्रियाबाट भएपनि समिती चयन गर्ने तयारी रहेको थियो ।

लामो समयसम्म विद्यालय व्यवस्थापन समिति नहुँदा रिक्त रहेका शिक्षकहरुको नियुक्ति प्रक्रिया रोकिदाँ विद्यायलको पठन–पाठन समेत प्रभावित बन्न पुगेको छ । ४८० जना विद्यार्थी रहेको विद्यालयमा डेढ वर्षदेखि प्रावि स्तरका ३ वटा शिक्षकको दरबन्दी रिक्त रहेको छन् ।

विद्यालय व्यवस्थापन समिति गठन सहयोग समितिको फागुन २३ गते बसेको बैठकले चैत्र १५ गते चुनावी प्रक्रियाबाट भए पनि व्यवस्थापन समिति चयन गर्ने निर्णय गरेको थियो । चुनावी तालिका अनुसार मंगलबार उम्मेदवारको नामावली सार्वजनिक गर्ने र सर्वदलिय बैठक बस्ने तालिका भएपनि प्रधानाध्यापक गिरिबहादुर थापा विना जानकारी अनुपस्थिति भएपछि पूर्वनिधारीत तालिका प्रभावित बनेको विभिन्न राजनीतिक दलको आरोप छ ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले प्रधानाध्यापक गिरी नेकपा एमालेको अर्घाखाँची जिल्ला कमिटी सदस्य रहेकाले सोही पार्र्टीमा रिपोटिङ गर्दा पराजयको अवस्था देखेपछि एमालेको डिजाइनमा चुनाव भाड्न सक्रिय रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी सितगंगा नगरपालिका–६ कमिटीले संयुक्त रुपमा विज्ञप्ति जारी प्रधानाध्यापक थापा विना कारण लिखित निमित्त प्रधानाध्यापकको अनुमति कसैलाई नदिई उपस्थित नभई निर्वाचनका सम्पूर्ण कार्यतालिकामा बाधा अवरोध गरी विद्यालयलाई थप बन्दी बनाउन मलजल गरेको बताएका छन् ।

विद्यायलका प्राध्यानाध्यापक गिरी बहादुर थापाले भने आफू पारिवारिक कामका कारण मंगलबार विद्यालयमा जान नसकेको बताएका छन् । निमित्त प्रधानाध्यापकको अनुमति कसैलाई नदिई उपस्थित नभएको र पार्टीमा रिपोटिङ गर्न गएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरे ।

‘मंगलबार नितान्त पारिवारिक कामका कारण विद्यालय आउन नसक्न भएपछि मंगलबार नारायण आचार्य सरलाई निमित्त प्र.अ.को जिम्मा दिएको थिए । उहाँ अचानक बुटवल जानु पर्ने काम भएपछि थानेश्वर पाण्डेलाई निमित्त प्र.अ.को जिम्मेवारी दिएको थिए । उहाँलाई निर्वाचन तालिका अनुसार काम गर्न भनेको हुँ। सर्वदलीय छलफलमा सहमति हुन नसेको पछि नामावली सार्वजनिक गरौँ भन्दा उँहाहरु उठेर हिडेपछि उम्मेद्वारको नामावाली सार्वजनिक नगरिएको थानेश्वर पाण्डे सरले मलाई जानकारी गराउनु भयो’–प्राध्यानाध्यापक थापाले भने । साथै प्राध्यानाध्यापक थापाले सकेसम्म सहमतिबाट समिति चयन गर्न र नभए पूर्वर्निधारित तालिका अनुसार चुनावी प्रक्रिया अघि बढाउन आफू तयार रहेको बताए ।

सितगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख विनोद पोखरेलले भने विद्यालय व्यवस्थापन समिती चयन गर्नका लागि निरन्तर रुपमा आग्रह गर्दै आएको बताउँछन् । राजनितीक दलका आ–आफ्नै स्वार्थका कारण र विद्यालय प्रशासनका केही कारणले लामो समयदेखि व्यवस्थापन समिती चयन हुन नसकेको पोखरेलले बताए ।

विद्यालय व्यवस्थापन समिति चयन गर्न विद्यालय प्रशासनलाई दबाब दिनका लागि नगरपालिकाले १ महिनादेखि शिक्षकहरुको तलब रोक्का गरेर दबाब दिएको बताए । ‘नगरपालिकाले त निरन्तर रुपमा सकेसम्म सहमतिबाट नभए चुनाबी प्रक्रियाबाट भएपनि समिती छिट्टो चयन गर्नका लागि दबाब त दिएको नै छ । त्यहाँ राजनीति दलका आफ्ना स्वार्थ भएकाले लामो समयसम्म विद्यालय समिति बिहीन छ ।’–शिक्षा शाखा प्रमुख पोखरेलले भने ।

निर्वाचनको तालिका प्रभावित भएको खबर पाएकाले र कसैलाई पनि निमित्त नदिई प्राध्यानाध्यापक अनुपस्थित भएको भन्ने खबर आएकाले आज श्रोत व्यक्ति निमानन्द भुसाललाई पठाएको र केही दिनमै आफै गएर त्यँहाको अवस्था बुझने प्रमुख पोखरलले बताए । साथै शिक्षकहरुको तलब लामो समयसम्म रोका गर्न नमिले पनि विद्यालयले पाउने दिवा खाजाको सुविधा र अन्य प्रशासनिक अनुदान भन्ने लामो समयदेखि पूर्ण रुपमा रोका रहेको बताए ।

विद्यालय व्यवस्थापन सिमितीका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा एमाले छुट्टा छुट्टै र माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गराएका थिए । नेकपा एमालेको तर्फबाट निमानन्द भुसाल, नेपाली कांग्रेसबाट सुरेन्द्र लामिछाने र माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा भोजराज आचार्यको नेतृत्वमा उम्मेद्वारी दर्ता गराएका थिए ।