ताजा अपडेट »

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार, ०९ चैत्र २०७८

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना  हुँदा एक जना यात्रुको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी छन् । उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।