ताजा अपडेट »

खुट्टा नकमाउन प्रधानमन्त्रीलाई परराष्ट्रबिद् डा.भट्टराईको आग्रह

मंगलबार, २६ कार्तिक २०७६

कार्तिक २६,

ग्लोबल आवाज

बुटवल । परराष्ट्रबिद् डा. दिनेश भट्टराईले सीमा बिवादमा समस्या समाधान गर्न प्रधानमन्त्रीले खुट्टा नकमाउन आग्रह गरेका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा आयोजित साक्षात्कारमा बोल्दै डा भट्टराइले सरकारले सबैदलकोसहमति जुटेका बेला भारतसंग कुटनीतिकरुपमा दह्रो कदम चाल्नुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका उनले भारतले नेपालको भूमिमा गिद्दे दृष्टि लगाउन नहुनेमा जोड दिए । ‘यो विवाद नया होइन,६० बर्षदेखिको हो,अहिलेको सरकार २०१५ सालको भन्दा पनि बलियो दुइतिहाइको छ,राष्टिय सहमति पनि जुटेको बेला भारतीय समकक्षीसंग बार्ता गरेर पनि प्रधानमन्त्रीले नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ’ उनले भने । सरकारले जनताको पनि मत पाएको छ,सबै दल एक छन् यसैबेला शक्ति देखाउन प्रधानमन्त्रीलाइ उनको आग्रह छ ।उनले नेपालको सीमा विवाद टुंगाउन आफुहरुजस्ता जानकारहरुको पनि सहयोग चाहिए तयार रहेको समेत बताए ।

सीमा विवाद अब कहिलेपनि नदोहोरीने गरि टुंगाउने अवसर समेत रहेको भन्दै उनले नेपालका नेतृत्वको अडान नहुदा भारतले नेपालका नेताहरुलाइ नटेरेको उनको दाबि छ ।तुलसीपुर उच्च अदालत बुटवल बारका अध्यक्ष जोगबहादुर खत्रीले सरकार बलियो भएको प्रमाण भारतलाइ देखाउन आग्रह गरे । राससका पूर्व अध्यक्ष तथा अधिबक्ता बालकृष्ण चापागाईले नेपाल सरकारले भारतसंग छिटो वार्ता गर्नुपर्ने बताए । यस्ता बिवाद सधैंका लागि समाधान गर्नुपर्ने उनको भनाइ छ ।