ताजा अपडेट »

माओवादी रुपन्देही सदस्य यादव लोसपामा प्रवेश

मंगलबार, ०८ चैत्र २०७८

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सदस्य तथा गैडहवा गाउँपालिका उपाध्यक्ष कड्क बहादुर यादव (रामदयाल यादव) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा प्रवेश गरेका छन् ।

यादव माओवादी केन्द्र परित्याग गरी मंगलबार लोसपामा प्रवेश गरेको लोसपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले बताए । नेता यादवलाई लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्मा लगायतले पार्टीमा स्वागत गरेका हुन् ।