ताजा अपडेट »

महिलाले चलाएको रिडी आयुर्वेदिक औषधालय अब्बल !

मंगलबार, ०८ चैत्र २०७८

रिडी । रुरुक्षेत्रको रुरुधाममा रहेको रिडी आयुर्वेदिक औषधालयमा दैनिक तीन दर्जन भन्दा बढीबिरामी हरु उपचारका लागि आउने गरेका छन । यो आयुर्वेदिक औषधालयमा आउने बिरामीको चापले आयुर्वेद चिकित्साको बढ्दो विस्वसनियता बढाएको मात्र छैन मान्छे हरुमा आयुर्वेद प्रति आकर्षण पनि बढाएको छ ।

विहान दश बजे खुल्ने आयुर्वेद औषधालयमा साँझ पाँछ बजेसम्म बिरामी आउने क्रम चलिरहन्छ । मुख्यतयाग्यास्ट्रिक, वात , दम, हातखुट्टा जोर्नुी दुखेको र अधिकतम कतै गएर सन्चो नभएका जिर्ण रोगी यो आयुर्वेद औषधालय मा अत्यधिक आउने गरेको यहाँ कार्यरत कविराज दीक्षा भण्डारीले बताए। यहाँबाट यतिबेला विभिन्न रोगका २२ थरी औषधि निशुल्क उपलब्ध हुने गरेको छ । यहाँ ज्येष्ठ नागरिक हरुका लागि शक्ति वर्धक र सुत्केरी महिलाका लागि दूध आउने औषधि समेत बितरण गरिँदै आएको छ ।

धेरै जसो जेष्ठ नागरिक हरु यहाँ उपचार गर्न आउनु हुन्छ ,हामीले औषधि युक्त तेल लगाएर सेक्ने मशिन पनि सन्चालन गरेका छौँ यसपछि शरिरमा दुखेका हाड जोर्नी सेकाउन आउनेको पनि भिड लाग्ने गरेको औषधालयकी कार्यालय प्रमुख समेत रहेकी कविराज दीक्षा भण्डारीको भनाई छ । हामी सँग पुर्ण कर्म र पन्चकर्मका लागि ल्याव छैन सँगै योग अभ्यासका लागि उपयुक्त हल छैन, लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय बाट १० लाख बजेट बिनियोजन भएको छ अब छिटै काम शुरु हुन्छ र सँरचना बनेपछि ल्यावको सुविधाका कारण पुर्ण कर्म र पन्चकर्म सँगै योगाभ्यास समेतलाई सहज हुने भण्डारीले बताए ।

अझ गज्जबको कुरा त के छ भने यो आयुर्वेद औषधालय महिला कर्मचारीले मात्र सन्चालन गरेका छन् । यहाँ प्रमुख तथा कविराज दीक्षा भण्डारी बैधमा शुशिला अर्याल र कर्मचारीमा मुना पौडेल केशि कार्यरत रहेकी मात्र छैन उपचारमा विश्वसनीयता समेत कायम गरेका छन् । रुरुक्षेत्रको थोर्गा ग्वादि च्यूृरेक भट्कुवा सत्यवतिको अस्लेवा ठुलोलुम्पेक, पाल्पाको रैनादेवि , रिव्दीकोट, तानसेन नगरपालिकाको वडा न १४ को अर्गली कुसेनी स्याङ्जाको कालिगण्डकीको कारिकोट किपट लगाएतका क्षेत्रहरू बाट यहाँ उपचारका लागि आउने गरेका छन ।

त्यसोत मासिक रुपमा रुरुक्षेत्र गाउँ पालिका वडा न ३ थानपति र रुरुक्षेत्र गाउँ पालिका वडा न २ को ग्वादिमा मासिक रुपमा घुम्ती क्लिनिक समेत रिडी आयुर्वेद औषधालयले सन्चालन गरि हरेक पटक चालिस पचास जनालाई चेकजाँच र आयुर्वेद औषधि बितरण गर्दै आएको छ । सँगसँगै स्थानीय सामुदायिक विध्यालयहरुमा मा योग र आयुर्वेदको सचेतनाका कक्षाहरु पनि पटकपटक रिडी आयुर्वेद औषधालयले सन्चालन गरेको छ र स्थानीय रिडी माध्यमिक विध्यालय र सँस्कृत माध्यमिक विद्यालयमा आयुर्वेद र योगका सचेतना कार्यक्रम सम्पन्न भैसकेका छन ।

आयुर्वेद र योगलाई मात्र अन्धविश्वास ठान्ने ,के सन्चो होला धुलो खाएर भन्ने परम्परावादि सोँचलाई वास्तवमै रिडी आयुर्वेद औषधालयमा तीन जना महिला पात्रले यसरी परिवर्तन गराएकी छिन्की यहाँ आउने जो कोहि पनि आयुर्वेदलाई जीवनको एउटा अङ्ग मानेर फर्किन्छ ।