ताजा अपडेट »

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

मंगलबार, ०८ चैत्र २०७८

बुटवल । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने भएको छ । समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो । सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् । उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन् ।