ताजा अपडेट »

क्यान महासंघको अध्यक्षमा बुटवलका कुँवरको उम्मेदवारी

मंगलबार, २६ कार्तिक २०७६

कार्तिक २६,
ग्लोबल आवाज

बुटवल ।कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा बुटवलका नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिर ७ गते काठमाडौंमा हुने लागेको क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

हालका वरिष्ठ उपाध्यक्ष रहेका उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रिय कार्य समिति छ । सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ । कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको समेत बताए ।