ताजा अपडेट »

बुटवलको फुलबारीबाट लागु औधषसहित एक युवा पक्राउ

सोमबार, ०७ चैत्र २०७८

बुटवल । बुटवलमा लागु औधषसहित एक युवा पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–२ फुलबारी डाडाटोलमा प्लाष्टिक झोलामा शंकास्पद बस्तु बोकीँ हिँडेको अवस्थामा अबस्थामा खानतलासी गर्दा ३० वर्षीय राम राम दमाईको साथबाट प्लाष्टिक झोलामा लागुऔधष फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट सेरेज्याक ५१ एम्पुल्स, फेनेर्गन ५१ एम्पुल्स र ताल्जेसिक ५१ एम्पुल्स लागु औधष फेला परेको प्रहरीले जनाएको छ । दमाईलाई लागु औषध कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भई छ ।