ताजा अपडेट »

बृज सिमेण्टको बीमा अभियान

मंगलबार, २६ कार्तिक २०७६


कार्तिक २६,
ग्लोबल आवाज
भैरहवा । उद्योग–व्यवसायसँगै सामाजिक जिम्मेवारी अन्तर्गत बृज सिमेन्ट उद्योगले निर्माणकर्मीको निःशुल्क रुपमा दुर्घटना बीमा गर्न सुरु गरेको छ । उद्योगले निर्माणमा संलग्न निर्माण व्यवसायी र मिस्त्रीहरुको रु.पाँच लाख बराबरको बीमा अभियान सुरु गरेको छ । निर्माणकर्मीहरुलाई एक्सपर्टस् म्यासन क्लबमा आवद्ध गरेर बीमा सहित अन्य सुविधाहरु उपलब्ध गराउन लागेको उद्योगका बजार प्रबन्धक सुरेश जैसवालले बताए । बीमासँगै बृज सिमेन्टले अन्य विभिन्न सुविधाहरु समेत उपलब्ध गराउन लागेको जैसवालले बताए ।

बृजले देशभरका ३ हजारभन्दा बढी निर्माणकर्मीहरुको बीमा गर्ने लक्ष्य राखेको कम्पनीका महाप्रबन्धक रविरञ्जन कुमारले बताए । बि.सं. २०५६ सालमा भैरहवामा स्थापना भई २०५९ सालबाट नियमित उत्पादन थालेको कम्पनीले हाल दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले निर्माणकर्मीलाई पासबुक उपलब्ध गराएर कात्तिक १ गतेबाट बीमा कार्यक्रम अघि बढाएको हो ।