बुटवल । पाल्पाको भुतखोलामा फाटो खिच्ने क्रममा ढुङ्गामा चिप्लन गई डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर स्थायी घर भएका २८ वर्षीय सान्तनु नन्दि रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपापलिका–३ स्थित भुतखोलामा ३ जना साथीहरुसँग आइतबार दिउँसो घुम्न गएका नन्दि भुतखोलामा फोटो खिच्ने क्रममा ढुङ्गामा चिप्लन गई खोलामा खसेका थिए । प्रहरीले उनलाई अचेत अवस्थामा फेला पारीउपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया