भैरहवा । भ्रष्टाचार मुद्दामा सफाइ पाएका रुपन्देहीको रोहिणी गाउँपालिका-२ नम्बरका वडा अध्यक्ष सरोज कुमार पाण्डेले पुनः पदग्रहण गरेका छन ।
विशेष अदालत बबरमहल काठमाण्डौबाट पान्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन । ०७७-सिआर-००५५ को भ्रष्टाचार मुद्दामा पाण्डेले यहि चैत्र ४ गते सफाइ पाएको अदालतले फैसला गरेको थियो ।
अदालतको फैसलासंगै पाण्डेले जनताको सेवा गर्ने ढोका फेरि खुलेको प्रतिक्रिया दिएका छन । उनले केही अराजक तत्वहरुले आफूलाई फसाउने नियत राखी दुःख दिए पनि अदालतले न्याय गरेको बताए । उनले बिकासको काम देखेर बिपक्षीहरु आत्तिएको र अनाहकमा आफूलाई फसाएको गुनासो गरे ।
पाण्डेलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल स्थित कार्यालयले सेवाग्राहीसँग रिस्वत लिएको आरोपमा २०७७ मंसिरमा हिरासतमा लिई मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया