छत्रकाेट श्रृङ्गा । गुल्मी श्रृङ्गाकी भगवती कँडेललाई कतिबेलै फुर्सद छैन । घरकाे घरधन्दा त छँदैछ सँगै आफ्ना श्रीमान कृष्ण प्रसाद कँडेलले शुरु गरेकाे व्यवसायीक च्याउ खेति कै स्याहार सम्भार मा भगवतिकाे दिन बित्छ । परिश्रमी पाखुरा बजार्ने हाे भने समृद्धिकाे यात्रा तय गर्न कहिँ जानू पर्दैन भन्ने ज्वलन्त उदाहरण हुन छत्रकाेट गाउँ पालिका वडा न ४ का उधमी किसान कृष्ण प्रसाद कँडेल र उनकि जीवन सँगिनी भगवती कँडेल ।
कँडेललाई थकाई कतिबेलै छैन , आफ्नो स्कुटरमा आफ्नै च्याउफार्ममा उत्पादन गरेका विभिन्न जातका च्याउ बाेकेर कहिले रुरुक्षेत्र काे रिडी थाेर्गा च्यूरेक बलेटक्सार रानिवास त कहिले गुल्मी दरबार गाउँ पालिकाकाे बिरबास गौँडाकाेट , कहिले सत्यवती गाउँपालिकाकाे उल्लिखाेला खैरेनि त कहिले रेसुँगा नगरपालिकाकाे तम्घास तिर च्याउ बेच्दै डुल्नु उनकाे दिनचर्या हाे । लामाे समय बैदेशिक राेजगारीमा रहेका उनी गाउँ फर्केर बिगत दुई वर्षदेखि व्यवसायीक च्याउ खेतीमा संलग्न मात्रै छैनन् कि याे क्षेत्रकै उत्कृष्ट च्याउ कृषक बनिसकेका छन कँडेल । ‘लामाे समय विदेश तिर बसियाे गाउँ फर्केर गाउँमै केही गर्न मन लाग्यो र च्याउ खेतीतिर लागेँ । ’ कृष्ण प्रसाद कँडेलले भने ।
छत्रकाेट गाउँपालिका वडा न ४ श्रृङ्गा रुप्सेमा उनिहरुकाे घर छ र यहि ठाउँमा उनकाे वैभवताकाे विशाल च्याउ फार्म छ । उनलेे यतिबेला उत्पादन गर्ने च्याउका मुख्य जातहरुमा कन्ये र सिताके हाे । शुरुमा परालबाट गरिने कन्ये च्याउबाट च्याउखेती शुरु गरेका कँडेलले पछिल्लो पटक सिताके जातकाे च्याउकाे व्यवसायीक उत्पादन शुरु गरेर गुल्मी जिल्लामै सिताके च्याउ खेतिकाे ब्रान्डेड कृषक बनेका छन्। ‘गर्न त कन्ये जातकाे च्याउ पनि राम्रै उत्पादन हुने गरेकाे छ तर धेरै उत्पादन सिताके च्याउकाे छ।’ कँडेलले भने ।
हिउँद भरि स्थानीय अँगाहा खर्ज्याँग अर्गली सत्यवतिका फाँटहरुबाट परालको जाेहाे गरेर कन्ये च्याउ उत्पादन गर्ने उनले कन्ये च्याउ सँगै करिब एकहजार धार्नी र कटुँसका मुडाहरुमा सिताके च्याउ उत्पादन गरेका छन । कलेजि राताे रँगकाे सिताके च्याउ काठका मुडामा फल्ने च्याउ हाे । याे च्याउकाे खेति गर्न धामा पनि धेरै छ र परिश्रम पनि त्यत्ति तर बजारमा याे च्याउकाे माग धेरै छ ।
अत्यन्तै स्वास्थ वर्धक याे च्याउ मधुमेह काेलाेस्ट्राेल ब्लड प्रेसर तथा क्यान्सरका राेगि हरुका लागि अत्यन्तै लाभदायक मानिन्छ ।अझै सुत्केरी आमा हरुका लागि सिताके च्याउकाे सेवन अत्यन्तै पाेषिलाे त छ नै सुत्केरी हरुकाे दूध कम आयाे भने याे च्याउकाे सेवनले दूध आउँछ त्यसैले पनि सुत्केरी आमाहरुलाई पाेषिले हुने र बच्चालाई याे च्याउकाे सेवन गरेका आमाबाट प्रयाप्त दूध प्राप्त हुन्छ ।
त्यसाे त सिताके च्याउ शहर बजार तिर किलाेकाे २ हजारसम्म बिक्छ । तर, उनले गुल्मीका गाउँ घरमा प्रतिकिलो छ सयसम्ममा बिक्री गर्छन । उच्च लागानी र त्यत्तिकै परिश्रम लागेपनि याे च्याउकाे बिक्री मुल्य भने गाउँघरमा सस्ताे हाे । स्वास्थबर्धक याे च्याउकाे सेवनमा बानीपार्न आफुले सस्तोमा गाउँगाउँ घर घर सम्म पुर्याउने गरेकाे कँडेलकाे भनाई छ ।
दैनिक उनकाे च्याउ फार्मबाट कन्ये र सिताके गरि एक क्विन्टल च्याउ उत्पादन हुने गरेकाे छ ।गाउँघरमा आफ्नै सवारी साधनमा बेच्दा पनि महिनाकाे नब्बे देखि एकलाख सम्मकाे आम्दानी हुने गरेकाे कँडेलकाे भनाई छ । यति ठूलो परिमाणमा व्यवसायिक खेती गरेपनि अहिले सम्म उनी माथि राज्यको आँखा परेकाे छैन। तर, उनी आशावादी छन्। ´कृषि ज्ञान केन्द्रका सरहरुले पटकपटक निरिक्षण गर्नुका साथै हौसला दिनु भएकाे छ सायद याे वर्ष केही सहयाेग हुन्छ कि !`उनले भने ।
सिताके च्याउका लागि काठ आवस्यक छ यतिन्जेल त आफ्नै वारि खरबारीका काठकाे प्रयाेग गरेकाे र काठ नपुग भएकाले काठकाे जाेहाेका लागि कानुनी प्रक्रिया के हाे ? आफू अनभिज्ञ रहेकाे उनलेे बताए । गाउँमै बसेर यसरी परिश्रमका पाखुरा बजारेर समृद्धि खाेजि रहेका कृष्ण प्रसाद कँडेल र उनकि जीवन सँगिनी लाई राज्यकाे निकाय तथा स्थानीय तहकाे सहयाेग र हौसला आवस्यक देखिएकाे छ ।
प्रतिक्रिया