ताजा अपडेट »

रुपन्देहीका भुपेन्द्रले जिते नेपाल आइडल-४

शनिबार, ०५ चैत्र २०७८

बुटवल । नेपाल आइडल- ४ को उपाधि रुपन्देहीको भैरहवाका भुपेन्द्र थापामगरले जितेका छन् । आज भएको फिनालेमा थापामगरले सर्वाधिक भोट ल्याउदै आइडलको उपाधी जितेका हुन् ।

उनले ३० लाख नगदसँगै ट्रफी उचाल्दा फस्ट रनरअप झापाका नाम्गेल तामाङ भए। उनले ५ लाख नगद र ट्रफी हात पारे ।

यस्तै सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन् । उनले ३ लाख नगद प्राप्त गरे ।

यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।