ताजा अपडेट »

गोली प्रहार गरी ३ जनालाई लियो प्रहरीले नियन्त्रणमा

सोमबार, २५ कार्तिक २०७६

कार्तिक २५,
ग्लोबल आवाज

दाङ ।
प्रहरीले गोली प्रहार गरी दाङको तुल्सीपुरमा ३ जनालाई प्रक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई नियन्त्रणमा लिनको लागि दुई राउन्ड हवाई फायर गरेको बताएको छ ।

प्रहरीले १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।शनिबार उनीहरुले मोटरसाइकलमा फर्कदै गरेका एक युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो समेत बनाएका थिए । सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैयाँ मागी धम्की दिँदै आएका थिए ।