ताजा अपडेट »

कांग्रेस गठबन्धन कायम गर्ने कुरामा प्रतिबद्ध छः गृहमन्त्री खाँण

विहीबार, ०३ चैत्र २०७८

बुटवल । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम कुरामा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले अप्ठेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेस तयार रहेका हुन्।

गृहमन्त्री खाँणले स्थानीय स्तरमा गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने जनाए । उनले हालै संसदबाट पारित भएको एमसीसी परियोजनाको सफल कार्यान्वयन पछि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।